arrow

भूकम्पले चीनमा दर्जनौँ घरमा क्षति, २१ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
ambulance-china-2023.jpg

बेइजिङ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ । देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । 

स्थानीय समय अनुसार राति २ः३३ बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरलाई उधृत गर्र्दै सिन्ह्वाले जनाएको छ ।

भूकम्पका कारण १२६ भवन भत्केका छन् भने कम्तीमा २१ जना घाइते भएका छन् ।  

भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो। 

यसअघि शनिबार अफगानिस्तानमा पनि ५.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो ।

अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ