arrow

बङ्गलादेशमा डेंगी प्रकोप: तीन सय बढीको मृत्यु 

६४ हजार बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
dangue.jpg

काठमाडौं । बङ्गलादेशमा डेंगी संक्रमण प्रकोपको रूपमा देखा परेको छ । संक्रमणबाट अहिलेसम्म तीन सय बढी जनाको मृत्यु भएको छ भने  चौसट्ठी हजार बिरामी भएका छन् । 

लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेंगी लागेर  शनिवार थप १० जनाको मृत्यु भएको र  दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ । डेंगी लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।    

दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेंगीबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । 

गत महिना दुई सय चार जनाको मृत्यु भयो भने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ