arrow

पक्राउ पर्लान् त माधव नेपाल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
madhav-kumar-nepal-rautahat-1-socialist-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणबारे सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरुसँगसमेत अनुसन्धान गर्ने अनुमति दिएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि पनि अनुसन्धान हुने भएको छ । 

तर उनीमाथि पक्राउ गरेर अनुसन्धान हुन्छ कि पक्राउ नगरी नै अनुसन्धान हुन्छ भन्ने यकिन छैन । आइतबार सर्वोच्चले अनुसन्धानको आदेश दिएकामा उनी भने आज बिहानै युरोप उडेका छन् । उनी यो महिना युरोपमै रहने छन् । 

तर आफू जानुअघि माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले नै गरेको निर्णयको कार्यान्वयन मात्र गरेको भनेर प्रचण्डको धारणा जान्न चाहेको बताइएको छ । 

तर सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले दोषी जो भए पनि नछाड्ने निर्णय गरेको थियो । 

यस्तोमा पूर्व प्रधानमन्त्रीद्धय माधव नेपाल र डा. बाबुराम भट्टराई पक्राउ पर्न सक्ने देखिएको छ । बाबुरामले आफू अनुसन्धानलाई सघाउन तयार रहेको प्रतिक्रिया सामाजिक संजालमा दिएका छन् भने माधव नेपाल युरोप लागेका छन् । 

सर्वाेच्चको आदेशसँगै चार पूर्वमन्त्रीलाई भने पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरिसकेको छ ।

यी तीनवटा बुँदाले माधव नेपाल पक्राउ पर्लान् ?

नेपालमा पहिलो पटक हुनेछ कि यसरी पूर्व प्रधानमन्त्रीहरु पक्राउ पर्न सक्छन् । तर पक्राउ नै पर्ने आधार भने देखिएको छैन । 

पक्राउ पर्न पनि सक्छन् र साधारण सोधपुछसमेत हुन पनि सक्छ । तर यसमा भने सरकारको इच्छाशक्तिमा भर पर्छ । यदि सरकारले चाहने हो भने पक्राउ नै गरेर अनुसन्धान गर्न सक्छ । 

तर माधव नेपालले लण्डन उड्नुअघि जसरी प्रचण्डलाई सरकारको धारणा के छ भनेर सोधे तब पक्कै पनि कुनै दबाब त दिएकै होलान् । 

माधव नेपाल प्रधानमन्त्री भएका बेलामा विभागीय उपप्रधानमन्त्रीले उक्त ललिता निवासको जग्गा प्राप्त गरी विस्तार गर्ने सम्बन्धमा निर्णय भएको थियो । यसको स्वीकृत २०६६ साल चैत १९ गते भएको थियो । 

यस्ता छन् स्वीकृत भएका यी तीन बुँदा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ