arrow

बागमती र मधेस प्रदेशमा भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
weather-cloud.jpg

काठमाडौं । उपत्यकामा मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ । आज मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। 

हाल नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ