arrow

भारी वर्षाले उपत्यकामै सकस, सचेत रहन निरन्तर सन्देश प्रवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
weather-2080-04-23.jpeg

काठमाडौँ । काठमाडौँ उपत्यकामा हिजो दिउँसोदेखि परिरहेको वर्षा अझै रोकिएको छैन । वर्षा निरन्तर भएसँगै सचेत रहन मौसम जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नेपाल टेलिकमबाट मोबाइलमा बिहानैदेखि निरन्तर सन्देश प्रवाह गरेर सचेत रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले “विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ । उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्नेछ” भनेको छ । 

हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि लगातार हल्कादेखि मध्यम वर्षा  भइरहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोसमेत गरिएको छ । देशका बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

निरन्तरको वर्षाले खोला किनारमा खतराको संकेत दिन थालिकसकेकोसमेत जनाइएको छ । 

हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी  तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।  

पछिल्लो तीनदेखि ६ घण्टा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने देखिएको महाशाखाको भनाइ छ । 

यस्तो छ मोबाइल सन्देश –‘साउन २३ बिहान ६ बजे काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको, विष्णुमती, धोविखोला, मनोहरा, बागमती लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाऔँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ