arrow

गृहमन्त्रीको जवाफपछि फेरि एमालेले गर्‍यो संसद अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
parlliament-uml-2080-04-23.jpg

काठमाडौँ । नेकपा एमालेले फेरि संसद अवरुद्ध गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइसकेपछि पनि फेरि एमालेले संसद अवरुद्ध गरेको हो । 

यसअघि दिउँसो बसेको शीर्ष दलको बैठकमा गृहमन्त्रीलाई संसदमा जवाफ दिन दिने गरी अवरुद्ध संसद खुलाइएको थियो । तर गृहमन्त्री श्रेष्ठले जवाफ दिएपछि फेरि एमालेले बैठक अवरुद्ध गरेको हो । 

एमालेले अवैध सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग लिएर संसद अवरुद्ध गरेको हो । 

एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । 

गृहमन्त्री श्रेष्ठले जवाफ दिने क्रममा आधिकारिक अनुसन्धानको निकाय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबी भएको भन्दै उसले पाएको ३५ दिनमा अनुसन्धान सक्ने भएकाले त्यतिन्जेल पर्खन आग्रह गरेका थिए । 

उनले सो क्रममा यदि अनुसन्धान विश्वसनीय नभए छलफलबाटै उच्च स्तरीय समिति गठन गर्न सकिने आसय व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ