arrow

पाँच सदस्यीय छानबिन समिति गठन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
ministry-home-affairs.jpg

काठमाडौं ।  एक अधिवक्ताले दिएको अभिव्यक्तिका विषयलाई लिएर साउन १७ गते प्रहरी परिसर टेकुमा भएको धर्नामा प्रहरीले बल प्रयोग गरेको भनिएको घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बुधबार उक्त घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए । 

गृहमन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् ।

त्यस्तै कारागार कार्यालय सङ्खुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको बुधबार कारागारभित्रै मृत्यु भएका सम्बन्धमा समेत सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न बुधबारकै निर्णयानुसार अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ