- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने भएको हो।
बिहीबार बसेको दलको कार्यसमिति बैठकले शुक्रबार १ बजेका बस्ने गरी बैठक डाकेको हो ।
संसदीय दलको बैठक बस्नुअघि बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भावित एजेण्डा र भावी रणनीतिका बारेमा छलफल गरेका हुन् । धुम्बाराहीस्थित देउवा निवासमा देउवाले उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीसँग छलफल गरेका हुन् ।
बैठकमा प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी रहेका थिए ।
बैठकमा अवैध सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण र सरकारका पछिल्ला काम कारबाहीबारे छलफल भएको थियो।
शुक्रबारको बैठकमा यीसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीबारै पक्राउ गरेका सांसद डा. सुनील शर्माका विषयमासमेत संसदीय दलको बैठकमा छलफल हुने जनाइएको छ ।