arrow

चीनको हेबेई प्रान्तमा २९ जनाको मृत्यु, १६ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
china-flood-2023-08-03.jpeg

काठमाडौं ।  उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता  भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा  व्यापक क्षति पुर्‍याएको छ ।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ ।  यो सँगै प्रान्तले ९५.८१ बिलियन युआन (लगभग १३.३८ बिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति बेहोरेको  बताइएको छ  । साथै प्रकोप सृजित क्षतिको  समग्र मूल्याङ्कन र प्रमाणीकरण कार्य भइरहेको पनि बताइएको छ ।  

बिहीबारसम्म बाढीबाट करिब  ३० लाख ८९ हजार  मानिस प्रभावित भएका छन् ।  साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतियोग्य भूमिमा क्षति पुगेको छ । 

प्रकोपबाट ४० हजार ९०० घरहरू भत्किएका छन् भने १,५५,५०० घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।  शिशु शिक्षालयसहित  १ हजार १ सय ५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ