arrow

 ‘गदर २’ हलमा, सनी देवलको तारिफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
gadar2.JPG

काठमाडौं । बलिउड अभिनेता सनी देवलको बहुप्रतिक्षित फिल्म ‘गदर २’ हलमा रिलिज भएको छ । 

सन् २००१ मा सनी देवलको ब्लकबस्टर फिल्म ‘गदर’ को सिक्वेल ‘गदर २’ को घोषणा भएको दिनदेखि नै फ्यानहरू उत्सुकतापूर्वक पर्खिरहेका थिए।

आज शुक्रवारबाट चलचित्र ‘गदर २’ हलमा रिलिज भएको हो । 

फिल्ममा सनी देवलका अलावा अमिषा पटेल र उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा छन् । 

फिल्म ‘गदर २’ हेरेपछि सामाजिक सञ्जालमा दर्शकहरूले आफ्नो राय दिन थालेका छन् ।

फिल्म ‘गदर २’लाई मानिसहरूले निकै मन पराएका छन् । भने सनी देवलको प्रशंसा पनि गरेका छन् । 

फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया दिँदै कथासँगै सबै कलाकारको तारिफ दर्शकहरूले गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ