arrow

अक्षय कुमार नै गएनन् 'ओएमजी २' को स्क्रिनिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
omg2.JPG

काठमाडौं ।  बलिउड स्टार अक्षय कुमार, पङ्कज त्रिपाठी र यामी गौतम अभिनीत फिल्म ओएमजी २ आजबाट हलमा रिलिज भएको छ ।

 फिल्मले पहिलो दिन निकै राम्रो कमाइ गरिरहेको छ । हिजो ओएमजी २ को स्क्रिनिङ भएको थियो ।  

जसमा धेरै बलिउड स्टारहरू सहभागी भएका थिए।  तर मुख्य कलाकार अक्षय कुमार भने देखिएनन् । 

ओएमजी २ को स्क्रिनिङमा यामी गौतम पङ्कज त्रिपाठी, फतिमा सना शेख कैलाश खेर सुभाष घई पुगेका थिए । 

यो स्क्रिनिङमा अक्षय कुमार देखिएका थिएनन् । अक्षय किन गएनन् भन्ने कुरा खुल्न सकेको छैन । 

फिल्मको सीनलाई लिएर उनको विरोध पनि भइरहेको छ  ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ