arrow

कांग्रेसले भन्यो-सांसद शर्मालाई पक्राउ गर्नु आपत्तिजनक (भिडियो)

आइतबार आधिकारिक धारणा तय गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
rameshlekhak-sunil.jpg

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । 

शुक्रवार नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो । 

बैठकमा सांसदहरूले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भीरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

कांग्रेसले सो घटनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न साउन २८ गते आइतबार साँढे १२ बजे पुनः संसदीय दलको बैठक बोलाएको छ । 

आज सांसदहरूले सो घटनाबारे आ–आफ्नो धारणा राखेको र आइतबार पुनः बस्ने बैठकले त्यस सम्बन्धमा आधिकारिक निर्णय लिने पनि प्रमुख सचेतक लेखकले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ