arrow

नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका ह्विस्की नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
signature-premier-rare-bottle.jpg

काठमाडौँ। सन् १९९४ मा स्थापित विश्व प्रसिद्ध ह्विस्की ब्रान्ड सिग्नेचरका दुई ह्विस्की, सिग्नेचर प्रिमियम ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन्। सिग्नेचर कम्पनीका अन्य अरू पेयहरू नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा विगतका कैयौँ वर्ष देखि बिक्री हुँदै आएका छन् र प्रयोगकर्ताका मनमा बस्न सफल भएका कम्पनीले जनाएको छ। सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यस पल्ट भने नयाँ प्याकेजिङ, बोटलिङ  र स्वादका साथ दुई ह्विस्कीलाई बजारमा भित्राएको हो।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। जस मध्ये एन्टिक्यटुी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियम ह्विस्की , सिग्नेचर रेयर ह्विस्की, रोयल च्यालेन्ज ह्विस्की, स्मिरनफ भोड्का , ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की आदि पर्दछन्।

केही समय अघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको छ।  यो पटक भने संसारकै परिचित ब्रान्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्राएको हो।'

हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियम ह्विस्की र सिग्नेचर रेयर ह्विस्की, बजारमा एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ