arrow

दिपक बज्राचार्य र नेपाल लिकर्सबीच सांगीतिक कार्यक्रमको लागि सम्झौता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ फागुन १९ सोमबार
nepal-liquors.jpg

काठमाडौं। नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा प्रसिद्ध गायक दिपक बज्राचार्यबीच सांगीतिक कार्यक्रमको लागि सहकार्य गर्न सम्झौता भएको छ। "कलाकारहरुलाई कलाकारिमा टिकिरहन निकै नै अफ्यारो परिस्थिति रहेको छ। यस्तो अवस्थामा नेपाल लिकर्स जस्तो कम्पनीसग सहकार्यको लागि निरन्तरता दिन पाउँदा निक्कै खुसी छु।" गायक दिपक बज्राचार्यले बताए। भन्डै तीन दशक नेपाली पप संगीतमा योगदान दिएका प्रसिद्ध गायक दीपक 

बज्राचार्यसगको सहकार्यले कम्पनीलाई नयाँ उचाईमा पुर्याउने बिश्वास लिएको नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेश विर सिंह तुलाधरले ब्यक्त गरे। काठमाडौमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने "नेपाल लिकसले नेपालीकला, संगीत संस्कृतिको प्रबर्द्धनलाई सदैब पहिलो प्राथमिकता दिदै आइरहेको छ।

स्थापना कालदेखि नै बिभिन्न सांगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको छ। यसलाई हामीले सामाजिक उत्तरदायित्वको रुपमा लिएका छौं। यस सहकार्यले नयाँ पुस्ताका कलाकारलाई समेत प्रोत्साहन गर्नेछ भन्ने विश्वास लिएको छु।" लामो समय देखि मदिराजन्य उत्पादन र बितरणमा  नेपाल लिकर्स लिडिङ कम्पनीको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ।

नेपालमा एन्टीकुइटी ब्नु विस्की,  सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रेएर जिस्की, रोएल च्यालेन्ज व्हिस्की, म्याकडोवेल्य व्हिस्की,  मनु रिव्यान्ड जिनको उत्पादन गर्दै आइरहेको छ। उत्कृष्ट कच्चा पदार्थ तथा उच्चस्तरीय प्रविधीबाट अन्तराष्ट्रिय स्तरको मदिरा उत्पादन गर्दै आइरहेको कम्पनीको दावी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ