arrow

नेपाल लिकर्सको नयाँ ब्रान्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
Mr-dowell-1_-luxury-whiskey.jpg

काठमाडौँ। नेपाल लिकर्स प्रालिले नयाँ ब्रान्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी नेपाली बजारमा ल्याएको छ। स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित यही साताबाट बजारमा उपलब्ध भएको हो। यही साता एक कार्यक्रमका बीच सो ब्रान्डलाई सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

७५०, ३७५, र १८० मिल लिटरको बोतलमा यो ब्रान्ड बजारमा उपलब्ध छ। यी ब्रान्डहरू क्रमशः रु ९२०, ४६० र २३० बजार मूल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ।

नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधरले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बरलाई बजारमा ल्याइएको बताए।

विश्व प्रख्यात ब्रान्डहरूको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रीबन्ड जीन जस्ता ब्रान्डहरू उपभोक्ता माझ लोकप्रिय रहेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ