- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाले)मा फर्किएकी छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् ।
तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुन्।
सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए ।
एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।