arrow

सुन प्रकरणमा राजनीतिक नेतृत्वमाथि शङ्का गर्नुपर्ने स्थिति बनेको छ (भिडियो)

प्रधानमन्त्रीले नमाने सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
pradip-poudels.JPG

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वमाथि नै शङ्का गर्नुपर्ने स्थिति बनेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठक  सांसद पौडेलले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताए । 

उनले काँग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमानेमा सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्ने बताए । सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरूमाथि अनुसन्धान नगर्ने कुराले थप शङ्का उब्जिएको बताए । 

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाएका छौं साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरूको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताए । उनले प्रधानमन्त्री दाहालले आफ्ना बाहेकका पार्टीका नेताहरूमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताए ।

उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए । उनले सुन तस्करी प्रकरणको मात्रै नभई अन्य चर्चित घटनाहरूको पनि छानबिन हुनुपर्ने बताए । सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङ बिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताए । उनले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शङ्का गर्नुपर्ने स्थिति बनेको पनि बताए ।

उनले भने - ‘यो सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन नमिलाइन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन । एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन । त्यसैले अब राजनीतिक नेतृत्वको संलग्नता छ, छैन योभन्दा अगाडी भन्न सकिँदैनथ्यो । तर अब छानबिनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शङ्का गर्नुपर्ने स्थिति बनेको छ ।

उनले थपे,' आज तीन हप्ता भइसक्यो । भरिया मात्रै समातेको छ । भारी बोकाउनेलाई किन समातिएन आजसम्म ? त्यसैले यदि सीआईबीले प्रभावकारिता देखाउन नसक्ने हो भने विकल्प खोज्नुपर्‍यो नि त । भारी बोकाउने हो हुन् ? आजसम्म एक जना पनि किन समातिँदैन ? त्यस कारण यो गम्भीर विषय हो । हङकङ सरकारलाई पत्र लेख्नुपर्छ ।' 

'यसलाई जुन ढङ्गबाट छानबिन गर्नुपर्ने हो, जुन रफ्तारमा हुनुपर्ने हो, बोकाउनेहरू को-को हुन् त्यसलाई खोज्ने सन्दर्भमा किन आजसम्म उपलब्धि भएन ? अनि एउटा पत्रिकाले कसको कति पटक टेलिफोन संवाद भयो भन्ने थाहा पाउन सक्छ । राज्यले थाहा पाउन सक्दैन ?मैले त यसको मात्रै होइन चर्चित सबै घटनाहरूको छानबिन हुनुपर्छ । कांग्रेसको संसदीय दलको बैठकले आजसम्मका जति पनि चर्चित घटनाहरू छन्, ती सबै घटनाहरूको छानबिन गर्नका निम्ति उच्च स्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ । यदि त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने यो सरकारप्रतिको समर्थन हामीले फिर्ता लिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ