- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले विमानस्थलबाट अवैध ढङ्गले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको बताएको छ ।
सोमवार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्ता गैर कानुनी पूर्ण रूपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानुनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गरिएको बताए ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई संसद्को अवरोध अन्त्य गर्न कांग्रेसले आग्रह गरेको छ । सोमवार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसद्को बैठक अवरोध भएको भन्दै संसद्को अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपिल गरेको हो ।