arrow

राजा चार्ल्स अर्को महिना फ्रान्स जाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
king-charles-III.jpg

काठमाडौं ।  फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चार्ल्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ ।

पेन्सन सुधारको विरोधमा फ्रान्समा भएको जनप्रदर्शन चर्केपछि फ्रान्स र बेलायतबीचको सम्बन्धमा आएको सुधारलाई उजागर गर्ने उद्देश्यले तय गरिएको यो यात्रा मार्चमा अन्तिम समयमा स्थगित गरिएको थियो ।

क्षेत्रीय दैनिक सुद-ओएस्टले बेलायतका राजा चार्ल्सको भ्रमण अब सेप्टेम्बरमा हुनेछ । राजा चार्ल्स र रानी कन्सोर्ट क्यामिलाले पूर्व योजना अनुसार दक्षिण-पश्चिम पेरिस र बोर्डोको भ्रमण गर्नेछन् ।

उनहरू सम्भवतः सेप्टेम्बर २० देखि २२ सम्म आफ्नो राजकीय भ्रमणमा फ्रान्स आउनुहुने उक्त पत्रिकाले जनाएको छ ।

एएफपीले राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यालयलाई सम्पर्क गर्दा उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

गत मार्चमा म्याक्रोँले विवादास्पद कार्यकारी शक्तिको प्रयोग गरी संसदबाट पेन्सन सुधार योजना पारित गराएपछि अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्‍याइएको थियो । फ्रान्समा यो कानुनलाई लिएर चर्को विवाद भएको थियो ।

मार्चमा विरोध प्रदर्शनहरू हिंस्रक भएपछि र हप्तौं लामो हडतालले फ्रान्सेली जन जीवनलाई अस्तव्यस्त बनाएपछि म्याक्रोँको अनुरोधमा राजा चार्ल्सले भ्रमण रद्द गर्ने निर्णय गरेका थिए । 

एलिसी प्यालेसले भनेको छ, “राष्ट्रपतिले महामहिम राजा चार्ल्स तृतीयलाई हाम्रो मैत्रीपूर्ण सम्बन्ध झल्कने परिस्थितिमा स्वागत गर्न चाहेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ