arrow

सांसद शर्मालाई कालोमोसो दल्ने क्रान्तिकारीको धम्की, प्रहरी मौन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
pawan-karki-akhil-krantikari.jpg

काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई कालोमोसो दल्ने बताएको छ । 

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रको कि आतंककारीको प्रधानमन्त्री ? भनी प्रतिनिधि सभाको बैठकमै प्रश्न उठाएपछि सोही झ्वाँकमा अखिल क्रान्तिकारीले खुलेआम शर्मालाई कालोमोसो दल्न अपील गरेको हो । 

बिना आधार विधि विधान मिचेर गृहमन्त्री एवं माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पक्राउ गरेको भनी डा. शर्माले संसदमै श्रेष्ठले राजीनामा नदिए अनशन बस्ने निर्णयसमेत सुनाएपछि माओवादीका विद्यार्थी नेताहरु आक्रोशित भएका हुन् । 

अखिल क्रान्तिकारीका संयोजक पवन कार्कीले सोमबार राति कानूनको धज्जी उडाउँदै शर्मालाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्न सामाजिक सञ्जालबाट अपील गरेका हुन् । 

यसरी कानूनको धज्जी उडाउने कार्कीलाई अहिलेसम्म प्रहरीले कुनै कारबाही भने गरेको छैन । प्रहरी मौन देखिएको छ । 

डा. शर्मालाई गत बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै पक्राउ परेका शर्मालाई शुक्रबार काठमाडौँ जिल्ला अदालतले साधारण तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । 

शर्माले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा नियन्त्रणमा लिइएको ६० किलो सुन प्रकरणमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । 

यही प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको बताइएको छ । 

यसलेसमेत नपुगेर अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा आज अपरान्ह ४ बजे डा. शर्मालाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ