arrow

सनी देवलको फिल्मले छोटो समयमा कमायो सय करोड, ‘गदर ३’ बन्ने सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
gadar2.JPG

काठमाडौं । बलिउड अभिनेता सनी देवलको फिल्म ‘गदर २’ हलमा रिलिज  हुने बित्तिकै बक्स अफिसमा धमाका मच्चाएको छ ।

फिल्मलाई मानिसहरूले निकै मन पराएका छन् । 

सनी देवलको फिल्मले बक्स अफिसमा ३ दिनमा सय करोडभन्दा बढी कमाइ गरेको छ ।

फिल्मले १३४ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाएको छ ।

योसँगै सनी देवलको ‘गदर २’ सबैभन्दा छिटो १०० करोड कमाउनेको सूचीमा परेको छ । 

फिल्ममा सनी देवलका अलावा अमिषा पटेल र उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा छन् ।

सनी देवलका छोरा बनेका उत्कर्ष शर्माले  'गदर ३’ बन्ने सङ्केत गरेका छन् ।

एक अन्तर्वार्ता क्रममा 'गदर ३’ बन्ने सम्भावना नकार्न नसकिने  बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ