arrow

एमालेको केन्द्रीय सदस्य त्यागे केशव स्थापितले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
keshav-stapit-2022-aggression.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेका केन्द्रीय सदस्य केशव स्थापितले कमिटीको केन्द्रीय पद त्यागेका छन् । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर स्थापित गत मेयरको निर्वाचनमा पराजित भएपछि निष्क्रिय जस्तै रहेका थिए । 

उनी आफैँले केन्द्रीय सदस्यबाट अलग हुन चाहेपछि उनलाई पार्टीले बिदा गरेको जनाइएको छ । स्थापितले आफ्नो राजनीतिक करियरमा विभिन्न पार्टी फेरिसकेका छन् । 

यसपालि एमालेको केन्द्रीय सदस्य छाडेपछि अब के गर्छन् भन्ने बारेमा मुख खोलेका छैनन् ।

उनले आफूले नयाँ केही गर्न खोजेको भन्दै नयाँ प्रयोगको लागि केन्द्रीय समिति छाडेको भने बताएका छन् । 

केपी केपी शर्मा ओलीपछि एमालेको युवा संघको दोस्रो अध्यक्ष हुन् । उनी एमाले, माले, राजावादी, माओवादी बनेका थिए । पछि फेरि एमालेमै फर्केका उनी बागमती प्रदेश सभा सदस्य बनेका थिए । 

बागमती ३ का भौतिक पूर्वाधार मन्त्रीसमेत बने पनि अनुशासनमा नबसेपछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए । त्यसपछि भने उनी दोस्रोपटक काठमाडौँको मेयर बन्न दौडमा रहे । 

तर दुर्भाग्य एमालेभित्रैको विद्यासुन्दर शाक्य गुटले नसघाएपछि उनले लज्जास्पद हार बेहोरेका थिए । स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) मेयर हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो तथा केशव स्थापित तेसो रहे । 

२९ वर्षअघि राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवसमेत भएका स्थापित अस्थिर रहे पनि अब चाल्ने कदम भने आफ्नो आधा दशकको योजना रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ