arrow

पेट्रोल बढेर प्रतिलिटर एक सय ७५ पुग्यो

 डिजेल१६४ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
petrol-pump.jpeg

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । 

नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । 
    
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ । 

इन्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ