arrow

अरिजीत सिंह नेपाल आउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
argit-sing.jpg

काठमाडौं । भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गायक अरिजीत सिंह आफ्नो लाइभ प्रस्तुति दिन पहिलो पटक नेपाल आउने भएका हुन् । 

सिंहले मङ्सिर ९ गते हायात ग्राउन्ड, चाबहिलमा आयोजना हुने कार्यक्रममा भाग लिनेछन् । 

यहाँ उनले अरिजीत सिंह लाइभ ईन नेपाल कार्यक्रममा प्रस्तुति रहनेछ ।  

भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंह “तुम हि हो”, “केसरिया तेरा”, “झुमे जो पठान”, “खैरियत”, “अपना बना ले” जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन्।

“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मूल्य चार हजार बाट सुरु हुने आयोजकले तय गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ