arrow

विद्युतीय सवारीको प्रयोग बढाउँदै इण्डोनेशिया [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
jakarta.jpg

काठमाडौं । इण्डोनेशियाले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएको छ ।

वायु प्रदूषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । 

कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदूषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ ।
 
जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो ।

इण्डोनेशियाली सरकारले वायु प्रदूषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय ऊर्जा रहेको बताएको छ ।

आइतबारसम्म राजधानीको वायु गुणस्तर सूचकाङ्क १५६ रहेको छ जुन स्वास्थ्यकर मानिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ