arrow

इस्तानबुलमा पानी सकियो, जोगाउन आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
turkeya-water.jpg

काठमाडौं । टर्किएको शहर इस्तानबुलमा पानीको अभाव भएको छ । इस्तानबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन् ।

 बुधवार नागरिकहरूलाई सुख्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउन सक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन् ।

 इस्तानबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो । जुन हालको भन्दा झन्डै दोब्बर हो । अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ