arrow

स्पेनमा खाद्य उत्पादन ६० प्रतिशतले घट्ने विज्ञको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
china-food-crisis.jpg

काठमाडौं ।  स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा सङ्कट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन  विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
खडेरीका कारण ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउन सक्ने विशेषज्ञहरूको चेतावनी छ । 

यस वर्ष समग्र उत्पादनको ४० देखि ४२ प्रतिशत मात्रै उत्पादन हुने विशेषज्ञहरूको अनुमान छ । सन् १९६० को दशकपछि स्पेनमा पहिलो पटक यति लामो समयसम्म खडेरी परेको हो । 

क्याटेलोनिया र दक्षिणी स्पेनको अण्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ । खडेरीका कारण युरोपियन देशहरूमा जलाशयसमेत सुक्दै जान थालेको मेड्रिड शहरका किसान तथा पशुपालन सङ्घका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताए ।

आगामी वर्षमा पनि यही समस्या दोहोरिन सक्ने भन्दै विज्ञहरूले बेलैमा खाद्यान्नको जाहो र जल सञ्चित गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ