arrow

क्यानरी टापुमा भीषण डढेलो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
chanaritapu-fire.JPG

काठमाडौं ।  स्पेनको टेनेरिफको उत्तर पूर्वमा रहेको क्यानरी टापुमा डढेलो लागेको छ । 

बुधवारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

सुख्खा क्षेत्र र तीव्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ । 

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए । ड

डढेलो कसरी लाग्यो भन्ने कुरा अझैसम्म स्पष्ट हुन सकेको छैन ।

आगोका कारण सो क्षेत्रबाट करिब १५० जनालाई निर्वासित गरिएको छ। 

सम्पत्ति कति क्षति भयो भन्ने बारेमा तथ्याङ्क आइसकेको छैन । 

करिब २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि सफल हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ