arrow

नयाँगाउँमा बसको ठक्करबाट पाँच राँगा मरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
accident-final-1618290232.jpg

राँझा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् । 

राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गएराति करिब ८ः३० बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख  ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक सुन्दर तिवारीले बताए ।

उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाइते भएका छन् । बस र बस चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडि पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

घाइते राँगालाई किसानले घरमा लगेर अहिले पशु चिकित्सक बोलाएर उपचारको तयारी गरेका छन् । मरेका राँगाको क्षतिपूर्तिको लागि इलाका प्रहरी कार्यालयमा बसधनी र किसानबीच छलफल भइरहेको स्थानीयवासी कबिन्द्र परियारले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ