arrow

जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
bishnu-bhagwan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ ।

सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप लिएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए । पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि वराहरूपी विष्णुले उद्धार गर्नुहुने वैदिक ग्रन्थमा उल्लेख गरिएको छ । 

भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिनुभएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् भट्टराईले बताए । 

यसै सम्झनामा आज वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका वराह–वाराही मन्दिरमा भीड लाग्ने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ