- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दुम्कौली । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाममा चलिरहेको हनुमान कथा वाचन सुन्न नेपालभरका मात्र होइन भारतबाटसमेत श्रद्दालुहरु आएका छन् । बागेश्वरधामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीको प्रवचन सुन्न यूपी विहारदेखि राजस्थानसम्मका श्रद्दालु आएका हुन् ।
चौधरी गुप्रका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा शास्त्री शनिबार आएका थिए । हजारौँ भक्तजन दैनिक रहेकाले पाण्डालभित्र प्रवेश सम्भव कम देखिएको छ । भित्रभन्दा हजारौँले बाहिरबाटै सुन्न सकिने व्यवस्थासमेत मिलाइएको छ ।
चौधरी ग्रुपले व्यवस्थापन गरेको शाश्वतधाम सोही उद्योग ग्रामभित्र रहेको छ । केही वर्षदेखि शाश्वतधाम धार्मिक पर्यटनको केन्द्र बन्दै आएको छ ।
कथा वाचन सोमबारसम्म चल्नेछ ।