arrow

एसिया क्षेत्रीय जुनियर च्याम्पियनशिपको उपाधि श्रीलंकालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
badminton-2080-05-03.jpg

काठमाडौँ । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनशिप २०२३ अन्तर्गतको यू–१५ र यू–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनशिपको यू–१५ तर्फको प्रतिस्पर्धामा नेपाललाई ३–० ले पराजित गर्दै श्रीलंकाले उपाधि उचालेको हो । 

श्रीलंकाका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे । यस्तै नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे । 

यसैगरी केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गर्दै उपाधिमा श्रीलंकाको नाम लेखाउन सफल भए । तेश्रो स्थानमा बंगलादेश र भुटान रहे ।

यस्तै यु–१७ तर्फ पनि श्रीलंकाले बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो सेट बंगलादेशका एसएस।एम। सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै खेललाई १–० को अवस्थामा पुर्याए । 

दोश्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । 

तेश्रो खेलमा पुनः राजोन मिया र एस।एस।एम। सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्यायो । 

चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात खेल २–२ को बरावरीमा पुग्यो । 

अन्तिम तथा निर्णाकक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एस।एस।एम। सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गर्दै खेललाई ३–२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधी विजेता बनाए । 

तेश्रो स्थानमा भुटान र नेपाल रहे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ