arrow

सुन तस्करीमा मुछिएका नेताहरूलाई जोगाउन प्रहरी अधिकारीहरूको सरुवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
mahesh-bartaula-samsad.jpg

काठमाडौं ।   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको आरोप लगाएको छ ।  

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गर्ने काम गरेको बताएका हुन्  । 

उनले सीआईबी लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढङ्गले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर समेत गरे । 

सचेतक बर्तौलाले सो सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान समेत दोहोर्‍याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ