arrow

एनसेलबाट पनि हेलो सरकारमा निःशुल्क कल गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
hello-sarkar.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । एनसेलबाट समेत हेलो सरकारमा निःशुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । सूचना निकाल्दै हेलो सरकारले उक्त कुराको जानकारी गराएको हो । 

यसअघि एनसेल नम्बरबाट कल गर्दा कल नै नलाग्ने समस्या पूर्ण रूपमा समाधान भएकोसमेत हेलो सरकारले जानकारी दिएको छ ।

अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । 

सरकारले नागरिकको गुनासो सुन्न चौबीसै घण्टा यो सेवा सञ्चालन गरिरहेको छ ।

त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, ई–मेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने हेलो सरकारले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ