arrow

सडक दौड प्रतियोगिता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
Gandaki university.jpg

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा पाँच किमि सडक दौड प्रतियोगिता हुने भएको छ ।

कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौ ९ गते सडक दौड प्रतियोगिता आयोजना गरिने भएको हो ।

विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दै समग्र खेलकुदको विकास, संवर्द्धन, प्रवर्द्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए ।

प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ ।

सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताए ।

२०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् ।

दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निःशुल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ ।

दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, सात हजार, पाँच हजार र दुइ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् ।

निर्धारित दूरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ