arrow
ADVERTISEMENT

नागपञ्चमीका दिन नागपोखरीमा भक्तजन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
nagpokhari-bhakta.jpg

काठमाडौँ ।  नागपञ्चमीका दिन नागपोखरीमा भक्तजनहरूको भीड लागेको छ । काठमाडौँको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरूको भीड लागेको हो । साथै देशभर अन्य नाग स्थानहरूमा पनि नागको पूजा गर्न भक्तजनहरू जम्मा भएका छन् । 

नागपञ्चमीका दिन घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाउने गरिन्छ । 

 यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । घरमा नाग, सर्प आदिले दुःख नदिओस् भनेर नाग पूजा गरिने गरिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ