arrow

एमालेले बोलायो सिराहामा सचिवालय बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
umnl-sachibalaya-2080-02-19.jpg

काठमाडौं ।  नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । 

तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए । 

तत्कालीन मालेको चौथो महाधिवेशन विसं २०४६ भदौ ९ देखि १४ गतेसम्म विष्णुपुरकट्टीमा भएको थियो । सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए । महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेले सोही ठाउँमा पार्टीको सचिवालय बैठक राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ