arrow

एमालेको बहिस्कारबीच राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
sarbadaliya-baithak-rastrapati-2080-05-05.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सवैदलीय बैठक नेकपा एमालेले बहिस्कार गरेको छ । 
 
समसमायिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नगएको हो । 

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । 

बैठकको वैधानिकता नहुने भएपछि एमाले शितल निवास नजाने भएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको विषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ