arrow

'राजनीति बिगारियो भन्दै देउवासँगै शीर्ष नेताहरु देश छोडेर जाँदै' [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
gaijatra-2080.JPG

काठमाडौं ।  गाईजात्रा २०८० नजिकिएसँगै कलाकारहरू हास्यव्यङ्ग्यमार्फत समाज, देश र विदेशका राजनीतिक, समसामयिक विषयवस्तुमाथि व्यङ्ग्यात्मक कार्यक्रम लिएर आउन थालेका छन् । गाईजात्राको अवसरमा हरेक वर्ष कलाकारहरूले आफ्ना व्यङ्ग्यात्मक प्रस्तुति दर्शक र श्रोतामाझ पस्किँदै आएका छन् ।

हास्यव्यङ्ग्य कलाकार जितु नेपालले  गाईजात्रा २०८० को बारेमा पत्रकार भेटघाट गरेका छन् ।  उनले गाईजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तुहरू उठान गरेको बताए । उनले राजनीतिक नेताहरूलाई व्यङ्ग्य गर्ने काममा मात्रै गाईजात्रा सकियो नि ? भन्ने सिने पत्रकारको प्रश्नमा उनले गाईजात्रा पहिलाबाट नै राजनीतिक रूपमा व्यङ्ग्य गर्ने गरेको बताए । 

अभिनेता नेपालले अन्य बेलामा अन्य विषय र कलाकारहरूलाई व्यङ्ग्य गर्नसकिने तर राजनीतिप्रति खुलेर व्यङ्ग्य गर्न पाइने एउटै अवसर गाईजात्रा भएकाले पनि नेताहरूलाई बढी व्यङ्ग्य गरेको बताए । 

उनले गाईजात्राको भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको बताए । साथै अन्य नेताहरू पनि देश देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरूमाथि व्यङ्ग्य गरिएको उल्लेख गरे ।

उनले भने, ‘समग्र कुराको केन्द्रबिन्दु राजनीति र नेताहरूसँगै केन्द्रित छ नि त । हामीले सामाजिक विषयवस्तु पनि उठाएका छौँ । पुण्य गौतमजीहरूलाई व्यङ्ग्य गरेर केही हुँदैन, उनहरुले सरकारी पदमा बसेर कुनै केही बिगार्नुभएको छैन । राजनीति बिग्रियो है भनेर गाईजात्राबाट भनेका हौँ । शेरबहादुर देउवाजी मात्रै होइन सबै विदेश जाँदै हुनुहुन्छ, हाम्रो गाईजात्रामा ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ