arrow

जनताका पक्षमा काम गर्न सरकारलाई सिटौलाको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
krishna sitaula.jpg
तस्बिर-फाइल

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज यहाँ आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता सिटौलाले सरकार देश र जनताका निम्ति इमान्दार देखिनुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयको पक्षमा विगत पाँच वर्ष सरकारले खेर फालेको उल्लेख गरे । 

सरकारले जनताका आवश्यकता र चाहनालाई नजरअन्दाज गर्न नहुने भन्दै उनले संविधान जारी पछि बनेको सरकारले तीन वर्ष भित्रमा जनताका लागि कानून बनाइसक्नु पथ्र्यो भने ।

सङ्घीय सरकारले प्रदेश सरकारलाई जनसम्पर्क कार्यालय जस्तो व्यवहार गरेको उल्लेख गर्दै नेता सिटौलाले जबसम्म प्रदेश सरकारको आफ्नो शासन र प्रशासन हुँदैन तबसम्म सङ्घीयताको मर्म जनताले नबुझ्ने बताए । 

कोशी प्रदेश सरकारको सम्बन्धमा प्रमुख प्रतिपक्ष दलले सरकार गिराउने खेलमा लाग्नुभन्दा पनि सशक्त भूमिका निर्वाह गरी जनताका पक्षमा काम गर्नुपर्ने उनले सुझाव दिए । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, सुशीला ढकाल, तारामणि गुरुङ तथा नेपाली कांगेसका नेता प्राडा रामप्रसाद पोखरेल, कन्दनराज काफ्ले, यदु विष्ट, देउमान थेवे, रामकुमार चौधरी, खड्ग फागोलगायतले आ-आफ्नो धारणा राखेका थिए । 

उनीहरुले जनप्रतिनिधिले आफ्ना लागि होइन जनताका लागि काम गर्नुपर्नेमा जोड दिए ।



नयाँ