arrow
ADVERTISEMENT

कांग्रेसले स्थगित गर्‍यो तय गरेको कार्यक्रम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
min-bishwakarma.jpg

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । 

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रीय कार्य समितिले भाद्र १० देखि २४ गतेसम्मका लागि तय गरेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताएको हो । 

अविरल वर्षा, बाढी, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी सङ्गठनहरूलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि सो कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ