arrow
ADVERTISEMENT

प्रतिपक्षलाई विश्वासमा लिन रङ्गिन टालोको व्यवस्था गरियो : विश्वप्रकाश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
bishwaprakash-talo.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रङ्गिन टालो भएको टिप्पणी गरेका छन् । 

बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रङ्गिन टालोको व्यवस्था गरिएको बताए । 

महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सीआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए । उनले अब हुने अनुसन्धानमा पूर्व सभामुख कृष्णबहादुर महरा र र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ