arrow

महरा बाबुछोरालाई छानबिनको दायरामा ल्याउनुपर्छ : विश्वप्रकाश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
mahara-bauchora.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुललाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले अब हुने अनुसन्धानमा पूर्व सभामुख महरा र र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने,' अहिले सीईबीले गर्दै गरेको छलफल जुन छ, त्यसमा एक जना ठूलै पार्टीका नेता, पदाधिकारी, तर यो संसदको पूर्व सभामुख नै भएर बस्नुभएको व्यक्ति, उहाँको सयौँ, र उहाँका छोराको कयौँ पटक तस्करहरुसँग टेलिफोनमा छलफल भएको भन्ने मिडियामार्फत बाहिर आएको छ । अब अनुसन्धान गर्दैगर्दा त्यो विषयलाई नछोडियोस् । उहाँहरु निर्दोष नै हो भनेपनि निर्दोष प्रमाण गर्ने निकायले छानबिनका लागि दायरामा ल्याउनुपर्छ ।’

ई–सिगरेट भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारीसमेत रहेका तस्करसँग महरा बाबुछोरा मुछिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ