arrow

रहेनन् कांग्रेस नेता कार्की,पार्थिव शरीर सानेपामा राखिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
nepali-congress-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य कार्कीको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा कार्कीका छोरा डा अमितसिंह कार्कीले जानकारी दिए ।

धादिङ, नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले कार्कीको असामयिक निधनको खबरले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

स्वर्गीय कार्कीको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ