arrow

छब्बीस जुवाडे पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका ९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हाजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । 

कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका(६ घर भएका २५ वर्षीय प्रदिप लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा दैलेख दुल्लू नगरपालिका ७ घर भएका ४६ वर्षीय दिनेश हमाल समेत १३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ