arrow

करिश्माले भनिन्- काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था आयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
karishma-manandhar.jpg

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताएकी छन् । बिहीवार एक कार्यक्रममा सामाजिक सञ्जालबाट आफूले भोगेको अनुभव सुनाउँदै यस्तो बताएकी हुन् । 

उनले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आफू बिरुद्ध हुने प्रहार सहजिकरण गर्ने दैनिक काममा भन्दा बढी इनर्जि खर्च गर्नु परिरहेको बताइन् । उनले सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको बताइन् । उनले आफू भन्दा पनि अरुको कारणले आफलाई धेरै पटक मिडियाहरुले नराम्रो बनाइदिने काम गरेको बताइन् । 

उनले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न सबैले पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताइन्। उनले एक जना पुरुष चरित्र र कामको बारेमा मात्रै आलोचित हुने गरे पनि महिला धेरै विषयमा पीडित रहेको बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ