arrow

सामाजिक सञ्जाल बन्द गराउँदै एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ ।

पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी र मातहतका कमिटी वा शुभेच्छुकले सञ्चालन गरेका सामाजिक सञ्जाललाई थप उपयोगी बनाउने बताउँदै अनधिकृत तथा नक्कली प्रयोगकर्ताको पहिचान गरी त्यस्ता सामाजिक सञ्जाल बन्द गरिने जानकारी दिए । 

पार्टीपङ्क्ति तथा समाजमा भ्रम सिर्जना हुने गरी बनाइएका अनधिकृत सामाजिक सञ्जाल पहिचान गरी बन्द गर्ने तयारी भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ