arrow

जापानी सांसदलाई चेम्बरको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
japani-samsad.jpg

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको छ ।

चेम्बरको टोलीले बिहीबार नेपालमा भ्रमणमा रहेका सांसदद्वय कोबायाशी काजुहिरो र नागइ मान्बुसँगको भेटमा नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेकाले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको हो ।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक तथा व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए । “दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ, लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ”, उनले भने ।

अध्यक्ष मल्लले नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानका सांसदलाई आग्रह गरे । कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्नसक्ने उनको भनाइ थियो ।

स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरोले नेपालमा ३० वर्ष अगाडि आएर लुम्बिनीमा वृक्षरोपण गरेको स्मरण गरे । नेपाल जापानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध सधैँ उत्कृष्ट रहेको उनको भनाइ छ ।

अर्का सांसद मान्बुले दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई जनस्तरसम्मै पु¥याउनुपर्ने बताए । सांसदको टोलीले बिहीबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ