arrow

हर्क साम्पाङले गरे अपील 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
harka-sampang-dharan.jpg
तस्बिर – फाइल ।

सुनसरी ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले संयमित हुँदै सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् । 

शुक्रबार अपील जारी गर्दै उनले सामाजिक र आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरान नगरवासीहरूमा अपील जारी गरेका हुन् । 

पछिल्लो समय धरानमा जातिय र धार्मिक द्वन्द्व बढ्ने खतर बढ्दै गएका बेला उनले उक्त अपील जारी गरेका हुन् । 

‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ उनले आग्रह गरेका छन् । 

उनलाई उच्च अदालत विराटनगरले हिजो मात्रै व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ