arrow

मधेसका मदरसामा विदेशी घुसपैठ, काठमाडौँमा शंकास्पद गतिविधि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
nepal-map-limpiyadhura-lipu.gif

काठमाडौँ । मधेस प्रदेशमा चलिरहेका विभिन्न मदरसा (इस्लामिक विद्यालय) मा विदेशी घुसपैठ भएको पाइएको छ । पाकिस्तानी आतंककारी संगठन लस्कर ए तोएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी मधेसमा स्थापित मदरसामा घुसपैठ गरेको पाइएको हो ।

लस्कर ए तोएबासँग निकट रहेका संस्थाहरुले राजधानी काठमाडौँका प्रमुख स्थानहरुमा विभिन्न कार्यालय नै स्थापना गरेको शंकामा नेपाली सुरक्षा निकायहरुले अनुसन्धान गरिएकोसमेत पाइएको छ । 

यस संस्थाले हालै विराटनगरमा मदरसा खोल्न जग्गा खरिद गर्न रुपैयाँसमेत प्रदान गरेको छ । उक्त मदरसा त्यस संगठनका केन्द्रीय सदस्य एवम् प्रमुख धर्मगुरुले सञ्चालन गर्नेसमेत बताइएको छ ।

प्रहरीले हालै काठमाडौँमा रहेको कतारी राजदूतावासले भारतसँगको सीमानजिक धार्मिक कट्टरता विस्तार गर्नका लागि ५० देखि ५५ लाख नेपाली रुपैयाँ प्रदान गरेको शंकासमेत गरेको छ । 

यसबाट नेपालमा साम्प्रदायिक तनावमात्रै नभई सीमाक्षेत्रमा नेपालको भूमि प्रयोग गरी भारतविरोधी गतिविधि हुन सक्ने सम्भावना रहेको देखिएको छ ।

एचएचआरडीको सम्बन्ध पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयसँग रहेको बताइन्छ । यस संगठन हाल पाकिस्तान प्रशासित कश्मीर, बलुचिस्तान, पञ्जाब, सिन्ध र खैबर पख्तुनख्वा प्रान्तमा सक्रिय रहेको छ । 

यसबाट नेपालमा साम्प्रदायिक तनावमात्रै नभई सीमाक्षेत्रमा नेपालको भूमि प्रयोग गरी भारतविरोधी गतिविधि हुनसक्ने सम्भावना रहेको छ ।

मदरसाका लागि एचएचआडीले सघाएको सम्बन्धमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको विदेश मामिला समितिका अध्यक्ष माइकल मककौलले एचएचआरडीको वित्तीय सहयोग रोक्का गर्दै यस आरोपबारे छानबिन गर्न निर्देशन दिएका छन् । 

उनले अमेरिकी सहयोग नियोग युएसएडकी प्रशासक सामान्था पावरलाई गत जनवरी २४ मा पत्र लेख्दै सांसद मककौलले यसप्रति चिन्ता व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ